

चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकियो



काठमाण्डाै
आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक मतपत्र छपाइकाे काम सकिएकाे छ । चुनावका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्रकाे छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो।
आयोगले केन्द्रलाई यही कात्तिक २० गतेसम्मको समयसीमा दिएकाेमा दुई दिन अगावै मतपत्र छपाइकाे काम सकिएकाे हाे । आज शुक्रवार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले केन्द्रकाे अवलोकन गर्नुभएकाे थियाे ।
उहाँले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमुना मतपत्र २२ लाख गरी झन्डै ८ करोड २५ लाख मतपत्र छापिएकाे बताउनु भयाे । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको जानकारी दिनुभयाे । अब प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने उहाँले बताउनुभयो । उहाँले मतपत्र छाप्ने काम चुनौतीपूर्ण रहे पनि सबैको सहयोगमा समयभन्दा अगाडि नै सकिएकाे बताउनु भयाे ।
उहाँले भन्नुभयो, ‘सबै पक्षबाट मतपत्र छपाइकाे काम चुनाैतीपूर्ण हाे । तर आयोगले र आयोगसँग सम्बद्ध मतपत्र छपाइको क्रममा सँगै बसेर काम गर्नुहुने सबै साथीहरुले यसलाई अवसरको रुपमा लिनुभएको छ । २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने भन्ने थियो, तर तालिकाभन्दा दुई दिन अगावै मतपत्र छपाइकाे काम सकियो । अब ढुवानी छिट्टै हुन्छ । छोटो समयमा यति धेरै मतपत्र छापिनु, गम्भीर कुरा नै हाे । तर सहज रुपमा मतपत्र छापिएको छ’ उहाँले भन्नुभयाे ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र छापिसकिएकाे आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार चुनावमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जसअनुसार आउँदाे चुनावका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया