प्रदेश सभाको समानुपातिक उम्मेद्धारमा नेपाली कांग्रेस विपिका जिल्ला सभापति आचार्य

कपिलवस्तु । कपिलवस्तुबाट नेपाली कांग्रेस बि.पीका जिल्ला सभापति सुरजराज आचार्य लुम्बिनी प्रदेशसभाको समानुपातिक सूचीबाट उम्मेद्धार बनेका छन् । उनले आफू समानुपातिक बाट प्रदेश सभाको उम्मेद्धार बनेकाले कपिलवस्तुका आम जनतालाई आफूलाई जिताउने गरी मतदान गर्न आह्वान गरेका छन् ।

उनले जिल्लाको समग्र विकासका लागि समानुपातिक तर्फबाट प्रदेश सभामा उठेको बताएका हुन । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनमा समानुपातिकाबाट उठेका नेता आचार्य नेपाली कांग्रैस वि.पि का केन्द्रिय सदस्य हुन भने जिल्ला सभापति पनि रहेका छन् ।

उनले आफ्नो निर्वाचन चिन्ह करुवा रहेको भन्दै समानुपातिक तर्फ मतदान गरी राष्ट्रियता प्रजातन्त्र र समाजवादको ग्यारेण्टी गर्न आफू उम्मेद्धार बनेको पनि बताए ।

प्रतिक्रिया

खबर सबै