

‘अघि अघि प्रचण्ड’ भन्दै बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत



काठमाडौं । पाँच वर्षअघि रिलिज भएको ‘मैं पनि एमाले…’ गीत गाउँदा बद्री पंगेनीलाई धेरैले नेकपा एमाले निकट गायक ठाने ।
प्रिया भण्डारीसँग उनले मिलेर गाएको उक्त चुनावी गीतलाई एमालेले मतदाता रिझाउन भरपुर उपयोग गरेको थियो । यस्तो लाग्थ्यो, उक्त गीत एमालेको ‘एन्थेम’ किन नहोस् ।
पाँच वर्षपछि पंगेनीको सांगीतिक करिअरमा राजनीतिक सिफ्ट भएजस्तो देखिन्छ । उनै गायकले मंसिर ४ को चुनाव लक्षित नेकपा माओवादी केन्द्रको गीत ‘अघि अघि प्रचण्ड’ गाएका छन् ।
माओवादी केन्द्रलाई भोट मागिएको यो गीतमा बद्रीले प्रचण्डकी नातिनी स्मिता दाहालसँग मिलेर स्वर दिएका छन् । गीतको भिडियोमा बद्री फिचर्ड त छैनन्, तर उनको आवाज भने छ ।
पंगेनीले गीत गाउनु कलाकारको धर्म भएको बताए । ‘सै पनि एमाले गाउँदा मैले अरु पार्टीका गीत पनि गाएको थिएँ । जुन गीत चल्यो, त्यो गीतको चर्चा हुने हो । पेसागत हिसाबमा यो मेरो एउटा व्यवसाय हो । जुन गीत चल्छ, त्यसप्रति मान्छेले चासो राख्छन्, नचल्नेलाई ध्यान दिंदैनन्, त्यस्तै हो । कलाकार हुँ म । कलाकार सबै पार्टी निकट हुन्छन्,’ उनले भने ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया