

तीन जनाको ज्यान जानेगरी दुर्घटना गराएर फरार भएको कार प्रहरी नियन्त्रणमा




बुटवल । रुपन्देहीको भैरहवामा सोमवार बिहान पाँच जना छठ घाट हिँडेकाहरूलाई ठक्कर दिएर फरार गाडी र चालकलाई प्रहरीले पक्राउ गरेको छ । ओमसतिया गाउँपालिका–४ पननीमा कारले ठक्कर दिँदा एक शिशुसहित तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा २ जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि फरार रहेको कारलाई प्रहरीले मंगलवार नियन्त्रणमा लिएको छ । रोहणी गाउँपालिका वडा नम्बर ३ का कार चालक अजयकुमार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट रूपन्देही प्रहरी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख रवीन्द्र रेग्मीले अजयकुमारले चलाएको बा।८।च। ६५३२ नम्वरको टाटा इण्डिका भिष्टा गाडीले ठक्कर दिई दुर्घटना भएको पुष्टि भएको बताए । ‘दुर्घटनामा परेको गाडी सिद्धार्थनगरको वडा नं–४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा सोमवार साँझ र चालक चौधरीलाई गल्लामण्डीस्थित बजारबाट मंगलवार नियन्त्रणमा लिएको हो’, एसपी रेग्मीले भने ।
सोमवार बिहान ४ बजेर ५५ मिनेटमा पैदल यात्रीलाई ठक्कर दिँदा गाडीले केही भाग र संकेत घटनास्थलमै छोडेकाले घटना भएकै दिन गाडी र चालक पहिचान भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ओमसतिया–४ पननीकै २ महिनाको श्रीराम कुर्मी, वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमशिला कुर्मीको मृत्यु भएको थियो । त्यस्तै घाइते भएकी शिशुकी आमा २४ वर्षीय बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीय मन्जु कुर्मीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
रूपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले डाइभिङ सेन्टर रहेको पुष्टि भएको बताए । उनको धकधईमा महालक्ष्मी ड्राइभिङ सेन्टर रहे प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया