

युक्रेनका संवेदनशील पूर्वाधारमा रुसबाट क्षेप्यास्त्र आक्रमण


एजेन्सी
रुसले युक्रेनका संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै ५० वटाभन्दा धेरै क्षेप्यास्त्र प्रहार गरेपछि अत्यावश्यक सेवा प्रभावित भएका छन् ।
मुख्यगरी बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
राजधानी किएभका ८० प्रतिशत बासिन्दालाई खानेपानीको समस्या भएको छ । किएभका ३ लाख ५० हजार अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताउनुभएको छ । उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा आक्रमण भएको छ ।
रुसले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको खबरमा उल्लेख छ । रुसी रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको दाबी गरेको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया