
गृहमन्त्री सगँ व्यवसायीको माग बैंकको ब्याजदर घटादिनु

कात्तिक
रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। उद्योग व्यवसाय धराशायी हुनेगरी बैङ्कले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै सडक आन्दोलनमा उत्रिएका हुन्। गृहमन्त्री बालकृष्ण खाण चुनाव प्रचार प्रसारका क्रममा हिँडेका बेला उद्योगी व्यवसायीले बैङ्कको ब्याजदर घटाइदिन भन्दै माग गरेका हुन्। रुपन्देहीमा क्रियाशील व्यावसायिक सङ्घसंस्थाको सञ्जाल रुपन्देहीले नेपाल राष्ट्र बैङ्क र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाउँदै बैङ्क तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध संयुक्त विरोध प्रदर्शन गरेका हुन्।
भैरहवाको बुद्ध चोक, नारायण स्थान, आवारोड, बैङ्क रोडमा प्रदर्शन गर्दै उद्योगी व्यापारीले राष्ट्र बैङ्कको नीति खारेज गर, व्यावसायिक एकता जिन्दाबाद, बैङ्कको ज्यादती बन्द गर, निजी क्षेत्र प्रभावित हुने निर्देशिका लाद्न पाइँदैन, एकल बिन्दुमा ब्याजदर कायम गर्नुपर्नेलगायतका नाराबाजी गरेका थिए।
संयुक्त सङ्घर्ष समितिका संयोजक तथा रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलको हस्ताक्षरित विज्ञप्तिमा पुँजी विस्तार गरेर उद्योग व्यवसायलाई बचाइराख्न माग गरिएको छ।
नेपाल उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजु, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भिष्मप्रसाद न्यौपाने, रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेल, रुपन्देही व्यापार सङ्घका अध्यक्ष कृष्णप्रसाद घिमिरे, तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणनिधि भण्डारी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीका अध्यक्ष ध्रुव धिताललगायत ५० वटा उद्योग संस्थाले सरकारको गलत नीतिको विरोध गर्दै ज्ञापनपत्र बुझाउनुभएको थियो।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया