

सरकारको चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा





काठमाण्डाै
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गएकाे आर्थिक वर्ष २०७८/७९ को यही अवधिमा चालु खाता घाटा एक खर्ब छ अर्ब आठ करोड रुपैयाँ बराबर रहेको थियो ।
त्यस्तै भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ । गएकाे असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चितिमा दुई दशमलव दुई प्रतिशतले कमी आइ भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १० खर्ब ५१ अर्ब ५३ करोड र बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । भदौ मसान्तको विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले नौ महिनाको वस्तु आयात र सात दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।
यही अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपात क्रमशः २४ दशमलव पाँच प्रतिशत, ६४ दशमलव छ प्रतिशत र २१ दशमलव आठ प्रतिशत रहेको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया