

जम्मा गरेकाे पैसा बैंकबाटै गायब भएपछि स्थानीयकाे हारगुहार





रुपन्देही । माछापुच्छ्रे बैंकले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा एक हजार भन्दा बढी स्थानीयको करोडौं रुपैयाँ गायब पारेको छ । बैंकमा जम्मा गरेको पैसा गायब भएपछि स्थानीय न्यायका लागि हारगुहार गरिरहेका छन् ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ रोइनिहवाका ५५ वर्षका जोगेन्द्रप्रसाद तेली खेती किसानी सँगै इट्टा उद्योगमा काम गर्दै आउनु भएको छ । करिव पाँच वर्ष अघि उहाँको गाउँ नजिकै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा कार्यालय खुल्यो । उद्योगमा काम गरेर कमाएको केही पैसा बैंकमा जम्मा गर्न थाल्नु भयो ।
त्यतिमात्रै होइन उहाँका ज्वाइँले विदेशमा कमाएको पैसा पनि आफ्नै खातामा जम्मा गर्दै जाँदा १२ लाख ५० हजार पैसा जम्मा भयो । गएको असार महिनामा केही पैसा चाहिए पछि बैंकको लुम्बिनी शाखामा पैसा निकाल्न जाँदा खातामा एक रुपैयाँ पनि नभएको बैंकका कर्मचारीले बताएपछि उहाँले आफ्नो पैसा कहाँ गयो भनेर प्रश्न गर्नुभयो । तर, कर्मचारीले थाहा नभएको भने ।
जागेन्द्रको जस्तै सम्मरीमाई–७ का ५० वर्षीया रामदास लोधका दुई छोराले कतारबाट पठाएको पैसा जम्मा गर्दा ४ लाख पुगेको भौचर हातमा छ । तर, ९० हजार रुपैयाँ मात्र भएको कर्मचारीबाट जवाफ पाएपछि उहाँ भैरहवा शाखा कार्यालयसम्म पुग्दा समेत पैसा पाउनुभएन ।
अहिले सम्मरीमाईका जोगेन्द्रप्रसाद, रामदास र दयाराम जस्ता एक हजार बढी स्थानीयले माछापुच्छ्रे बैंकमा जम्मा गरेको पैसा गायब भएपछि न्यायका लागि हारगुहार गरिरहेका छन् । जम्मा गरेको सबै स्थानीयको कुल ३ करोड बढी रुपैयाँ एजेन्ट र बैंककै कारण गायब भएको छ । उनीहरु बद्मासी गर्ने बैंक र त्यसका एजेन्टलाई कडा कारबाहीको माग गरेका छन् ।
ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पु¥याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले यहाँ स्थानीय एजेन्ट निरन्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिइरहेको थियो । पाठकले ठाकुरलाई व्यवस्थापक बनाएर स्थानीयको खाता खोल्ने, एटीएम कार्ड र चेक दिनुका साथै उनीहरुको निक्षेप संकलन गरी बैंकमा जम्मा गर्ने काम गर्दै आएका थिए ।
बैंकले शाखारहित सेवा दिँदा भौचर भर्न पाउँदैन । तर, स्थानीय एजेन्टले भने धमाधम भौचर भर्दै रकम जम्मा गरेको देखाइँदै पैसा गायब पारिएको छ । बैंकमा निक्षेप संकलन गर्ने सबै किसान हुन् । यसरी किसानबाट जम्मा गरिएको पैसा गायब हुँदा समेत बैंकले कुनै वास्ता नगरेको स्थानीयको आरोप छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया