

रुपन्देही २ विवाद : स्वतन्त्र उम्मेदवार भुसाल पनि पुगे अदालत



रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार डा। कमल भुसाल पनि अदालत गएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि राजु गुरुङसँगै भुसाल पनि अदालत पुगेका हुन् । असोज २८ गते शुक्रबार भुसालले निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका थिए । आफ्नो उम्मेदवारी कायम नै रहनुपर्ने माग गर्दै दर्ता गरिएको रिट निवेदन आइतबार वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।
भुसालले आफू एमडीमा अध्ययनरत रहेको र राज्यले निर्वाह भत्ता दिएको आधारमै लाभको पद लिएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरिदिएको उम्मेदवारी खारेज कानूनसम्मत नभएको भन्दै रिट लिएर गएका हुन् । एमडीमा अध्ययनरत रहेको कारण छात्रवृत्ति दिएको नभई अध्ययनसँगै काम पनि गर्नुपर्ने भएकाले काम वापतको निर्वाह भत्ता दिएको जिकिर गर्दै त्यसलाई राज्यबाट लाभ लिएको भन्न नमिल्ने जिकिर गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतले बदनियत राखेर आफ्नो उम्मेदवारी खारेज गरिदिएको भन्दी डा।भुसालले निर्वाचन अधिकृतलाई समेत विपक्षी बनाएका छन् । निर्वाचन अधिकृतले कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने गरी स्वार्थ राखेर प्रतिस्पर्धी उम्मेदवारलाई प्रतिस्पर्धाबाट बाहेक गरेको भुसालको आरोप छ ।
रुपन्देही २ का निर्वाचन अधिकृत उदवीर नेपालीले एमाले उपाध्यक्ष विष्णु पौडेल मात्रै मुख्य प्रतिष्पर्धामा रहने गरी सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङ र चर्चामा रहेका स्वतन्त्र उम्मेदवार डा। कमल भुसालको उम्मेदवारी खारेज गरिदिएका थिए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया