

रुपन्देही २ विवाद : स्वतन्त्र उम्मेदवार भुसाल पनि पुगे अदालत





रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार डा। कमल भुसाल पनि अदालत गएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि राजु गुरुङसँगै भुसाल पनि अदालत पुगेका हुन् । असोज २८ गते शुक्रबार भुसालले निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका थिए । आफ्नो उम्मेदवारी कायम नै रहनुपर्ने माग गर्दै दर्ता गरिएको रिट निवेदन आइतबार वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।
भुसालले आफू एमडीमा अध्ययनरत रहेको र राज्यले निर्वाह भत्ता दिएको आधारमै लाभको पद लिएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरिदिएको उम्मेदवारी खारेज कानूनसम्मत नभएको भन्दै रिट लिएर गएका हुन् । एमडीमा अध्ययनरत रहेको कारण छात्रवृत्ति दिएको नभई अध्ययनसँगै काम पनि गर्नुपर्ने भएकाले काम वापतको निर्वाह भत्ता दिएको जिकिर गर्दै त्यसलाई राज्यबाट लाभ लिएको भन्न नमिल्ने जिकिर गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतले बदनियत राखेर आफ्नो उम्मेदवारी खारेज गरिदिएको भन्दी डा।भुसालले निर्वाचन अधिकृतलाई समेत विपक्षी बनाएका छन् । निर्वाचन अधिकृतले कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने गरी स्वार्थ राखेर प्रतिस्पर्धी उम्मेदवारलाई प्रतिस्पर्धाबाट बाहेक गरेको भुसालको आरोप छ ।
रुपन्देही २ का निर्वाचन अधिकृत उदवीर नेपालीले एमाले उपाध्यक्ष विष्णु पौडेल मात्रै मुख्य प्रतिष्पर्धामा रहने गरी सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङ र चर्चामा रहेका स्वतन्त्र उम्मेदवार डा। कमल भुसालको उम्मेदवारी खारेज गरिदिएका थिए ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया