

रुपन्देही–५ : खिमलाल भट्टराईको न रह्यो राष्ट्रिय सभा सदस्य पद, न त उम्मेदारी दर्ता



काठमाण्डाै
निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–५ मा नेकपा एमालेका वासुदेव घिमिरेको उम्मेदवारीलाई आधिकारिता दिएको छ ।
हिजो आइतवार रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरे र खिमलाल भट्टराईले आफूलाई आधिकारिक भन्दै उम्मेदवारी दिएका थिए । भट्टराईले त राष्ट्रिय सभा सदस्य पदबाटै राजीनामा दिएर उम्मेदवारी दिनुभएको थियो । तर एउटै पार्टीको उम्मेदवारी परेमा पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रस्टरूपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिनुभयो ।
सुरुमा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाएर टिकट दिएको थियो, घिमिरेले दिउँसाे ३ बजे नै उम्मेदवारी दर्ता गराउनुभएको थियो । तर पछि पार्टीले निर्णय बदलेको भन्दै खिमलाल भट्टराईले पनि पार्टीले सच्चाएको कागजातसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले भने प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०७८ को दफा १९ बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख गर्दै घिमिरेलाई आधिकारिकता दिएको हो ।
अब खिमलाल भट्टराईसँग न राष्ट्रिय सभा सदस्य पद रहेको छ, न त उहाँले प्रतिनिधि सभाका लागि उम्मेदवारी नै दिन पाउनुभयो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया