

हिजाे बढेकाे शेयर बजार आज २७ अङ्कले घट्याे



काठमाण्डाै
हिजो साढे ४४ अङ्कले बढेको शेयर बजार आज भने २७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ७१ दशमलव २२ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, होटल तथा पर्यटन, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज शेयर बजार घटे पनि कारोबार रकममा केही सुधार भएको छ । हिजो ८३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ३३ वटा कम्पनीको ३१ लख ५५ हजार कित्ता शेयर ९७ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेड प्रोमोटरको १६ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज गरिमा डिबेन्चर २०८५ को शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया