

हिजाे बढेकाे शेयर बजार आज २७ अङ्कले घट्याे



काठमाण्डाै
हिजो साढे ४४ अङ्कले बढेको शेयर बजार आज भने २७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ७१ दशमलव २२ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, होटल तथा पर्यटन, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज शेयर बजार घटे पनि कारोबार रकममा केही सुधार भएको छ । हिजो ८३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ३३ वटा कम्पनीको ३१ लख ५५ हजार कित्ता शेयर ९७ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेड प्रोमोटरको १६ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज गरिमा डिबेन्चर २०८५ को शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया