
लुम्बिनी प्रदेश : अहिले सम्म वर्षा र बाढीका कारण चारको मृत्यु, २ जना बेपत्ता

बुटवल । दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चार जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालय दाङका अनुसार दाङमा दुई तथा गुल्मी र अर्घाखाँचीमा एक–एक जनाको मृत्यु भएको हो। यस्तै, दाङ र प्युठानमा एक–एक जना बेपत्ता भएका हुन्। दाङको तुलसीपुर उपमहानगरपालिका–१५ धमकापुरका ४८ बर्षीय मदन डाँगीको स्थानीय खैरेनी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ। त्यसैगरी घोराही उपमहानगरपालिका–३ बेलुवाका ४५ बर्षीय धिरज घिमिरे घर नजिकै खाडलमा डबुेर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीले बताए। त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ खाँचीकोट किटेनीका १० वर्षीय समिर पौडेलको फज्र्याङ खोलाले बगाउँदा मृत्यु भएको हो।
त्यस्तै, गुल्मी धुर्कोट गाउँपालिका–५ मा आरोही खोलामा आएको बाढीले बगाउँदा ३१ वर्षीय लक्ष्मी केसीको मृत्यु भएको प्रहरी निरीक्षक जिसीले बताए। बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका–१० का ५४ वर्षीय कल्लु चौधरी र प्युठानको ऐरावती गाउँपालिका–५ झिवाङका ५ वर्षीय सुशान केसी छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया