

रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



रुपन्देही । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाशीश कृष्णराम कोइरालाले भैरहवाको बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका पाँच वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।
असोज १५ गतेदेखि २० गते भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन कार्यातालिका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उनले बताए ।
प्रतिनिध सभा क्षेत्र नं। २ को कार्यालय बुटवल उपमहानगरको पुरानो कार्यालयमा स्थापना गरिएको छ । यस्तै क्षेत्र नं। ३ को बालमन्दिर भैरहवा, १ को देवदह सित्तलनगर नगरपालिका, ४ को कोटहीमाई गाउँपालिका कार्यालय, ५ को गैडहवा गाउँपालिकाकामा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
असोज २१ गते राजनीतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने र २३ गते मनोनयन दर्ताको तयारी सुरु भएको निर्वाचन अधिकृत उद्धविर नेपालीले जानकारी दिए । निर्वाचन आचारसंहिता यहि असोज १२ गतेदेखि लागू भएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया