

विवेकशील साझा लुम्बिनी प्रदेशका पदाधिकारीले नै दिए सामूहिक राजीनामा



बुटवल । विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित अधिकांशले सामूहिक राजनामा दिएका छन् ।
तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगर लगायत सबै समिति खारेज गरेको पनि उल्लेख गरेको छ ।
पूर्व अध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि पार्टीका नेताहरुले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले बताए ।
प्रदेश समिति संयोजक अनुपमान सैंजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रवक्ता केशवराज खनाल, कोषाध्यक्ष डा। अमित केसी लगायत ३१ जनाले राजीनामा दिएका छन् । राजीनामा दिएकामध्ये अधिकांश राप्रपामा जाने तयारीमा रहेको एक पदाधिकारीले बताए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल









प्रतिक्रिया