

दसैंमा रातो मासुको प्रयोग कम गर्न सुझाव





काठमाडौं। बडादसैं पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उनीहरुले मासु सँग–सँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका छन् । रातो मासुको प्रयोग भने सकभर नगर्नसमत उनीहरुले सुझाव दिएका छन् ।
कान्तिपुर हेल्थले चितवनमा आयोजना गरेको ‘चाडपर्वको खाना र स्वास्थ्य’ विषयक चिकित्सक पत्रकार अन्तरक्रिया कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा। गुरुशरण साहले रातो मासु प्रयोग नगर्न आग्रह गरेका हुन् ।
पोलेको मासुले आन्द्रा, आमाशय, प्रोष्टेटको क्यान्सरको जोखिम बढी हुने डा.साहको भनाइ छ । दसैंमा मासु पोल्ने, बार्बेक्यू गर्ने र खाने प्रचलनले गर्दा क्यान्सरको जोखिम बढी भएको उनको भनाइ छ ।
डा.साह भन्छन्– ‘मासुलाई उच्च तापक्रममा पोल्दा नराम्रो पदार्थ उत्पन्न हुन्छ, जसले क्यान्सर बनाउन मद्दत गर्छ ।’ सबै खालका मासु तीन सय डिग्री फरेनहाइट तापक्रममा पोल्दै गर्दा दुई खालका केमिकल निस्कने उनको भनाइ छ । डा।साहले सेतो मासु, माछा पनि पोलेर नखान सुझाव दिएका छन् ।
भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ फिजिसियन डा।महेन्द्र अग्रहरिले चाडपर्वमा बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरणशक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताए ।
यससँगै तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उनी बताउँछन् । मासु बोसो नभएको सन्तुलित प्रयोग गर्न सुझाव दिँदै डा।अग्रहरिले भने– ‘सागपात, सलाद, बोक्रा भएको फलफूल थोरै खाने तर बारम्बार खाने गर्नुपर्छ ।’
डा।अग्रहरिका अनुसार बढी मासु प्रयोग गर्दा मुटुमा हर्मनको गडबड हुन्छ । जसले मुटुको चाल र चाप बढाउँछ । धेरै मासु खाएकै कारण दीर्घकालीन रोग बढाउन सक्नेतर्फ उनले सचेत गराए । मधुमेहका बिरामीलाई कोलस्टोर बढ्न सक्ने भएकाले मासु कम खान सुझाव दिन्छन् डा।अग्रहरि । मासुले मोटोपन, तौल बढाउने बताउँदै उनी भन्छन्– ‘एकै पटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो ।’
उनी भन्छन्– ‘यो बेला धेरै फाइबर, फलफूल, सागपातको मात्रा बढाउनुपर्छ । चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ ।’
एकै पटक धेरै मासु तयार गरेर फ्रिजमा राखेर लामो समयसम्म खानु हानिकारक भएको भन्दै उनले त्यस्तो मासु खाँदै नखान सुझाव दिए ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया