

युक्रेनका चार क्षेत्र रुसमा गाभिएको राष्ट्रपति पुटिनको घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र आफ्नो देशमा गाभिएको घोषणा गरेका छन्। पुटिनले शुक्रबार डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गरेका हुन्।
यसअघि नै कब्जामा लिएको यी क्षेत्रमा रुसले केही दिनअघि जनमत संग्रह पनि गरेको थियो । यस क्रममा अधिकांश मत रुसमा गाभिने पक्षमा आएको उसको दाबी छ। अबको केही दिनमा रुसमा यी क्षेत्रलाई औपचारिक रूपमा समावेश गर्ने प्रक्रिया पनि सुरु हुनेछ।
राष्ट्रपति पुटिनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ता सुरु गर्न आग्रह गरेका छन् । पुटिनले आफ्नो कब्जामा लिएको नयाँ क्षेत्रबारे कुनै वार्ता नहुने पनि स्पष्ट पारेका छन्।
युक्रेनले भने आफ्नो भू–भाग मुक्त गराउन लडाइँ जारी राख्ने प्रतिक्रिया दिएको छ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया