

युक्रेनका चार क्षेत्र रुसमा गाभिएको राष्ट्रपति पुटिनको घोषणा



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र आफ्नो देशमा गाभिएको घोषणा गरेका छन्। पुटिनले शुक्रबार डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गरेका हुन्।
यसअघि नै कब्जामा लिएको यी क्षेत्रमा रुसले केही दिनअघि जनमत संग्रह पनि गरेको थियो । यस क्रममा अधिकांश मत रुसमा गाभिने पक्षमा आएको उसको दाबी छ। अबको केही दिनमा रुसमा यी क्षेत्रलाई औपचारिक रूपमा समावेश गर्ने प्रक्रिया पनि सुरु हुनेछ।
राष्ट्रपति पुटिनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ता सुरु गर्न आग्रह गरेका छन् । पुटिनले आफ्नो कब्जामा लिएको नयाँ क्षेत्रबारे कुनै वार्ता नहुने पनि स्पष्ट पारेका छन्।
युक्रेनले भने आफ्नो भू–भाग मुक्त गराउन लडाइँ जारी राख्ने प्रतिक्रिया दिएको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया