लुम्बिनी प्रदेश योजना आयोगका अध्यक्ष क्षेत्रीको गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई दिएपछि

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगको गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको छ।

प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री सवार बा २ झ ३०८५ नम्बरको सरकारी गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको हो।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको क्षेत्री सवार उक्त गाडीले तिलोत्तमा नगरपालिकास्थित ड्राइभर टोलमा ट्राफिक लाइट समेत रातो बलेको अवस्थामा जेब्राक्रसिङबाट बाटो पार गरिरहेका स्थानीय छविलाल अधिकारीलाई ठक्कर दिएको हो।

ष्लखयतभअज
गाडीको ठक्करबाट आफ्नो खुट्टामा चोट लागे पनि उपाध्यक्ष क्षेत्रीले ुआँखा हेरर हिँड्न सक्दैनस्ु भन्दै आफूलाई हकारेको अधिकारीले बताए।

‘पहिलो कुरा त म सिग्नल पाएपछि जेब्राक्रसिङमा हिँडेको थिएँ, दोस्रो उहाँको गाडीले ट्राफिक लाइटमा रातो बत्ती बलेको बेला आएर ठक्कर दिएको छ। आफ्नै गल्तीमा पनि मलाई गाली गरेर हिँड्नुभयो,’ घाइते अधिकारीले भने।

जिम्मेवार व्यक्ति चढेकै गाडीले ट्राफिक नियम मिचेर हिँड्दा ठक्कर दिए पनि सामान्य मानवीय व्यवहार समेत नदेखाई उल्टै गाली गरेर हिँडेको उनले गुनासो गरे।

कयातधबचष्अबलष्अ
‘ठक्कर दिएपछि उठाउने र उपचार गर्ने कुरा त परै जाओस्, क्षेत्रीले उल्टै हकार्दै मलाई भैरहवा जान हतार छ भन्दै हिँड्नुभयो, सामान्य मानवीय व्यवहार समेत देखाउनु भएन,’ अधिकारीले गुनासो गरे।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार क्षेत्री सवार गाडी सडक लेन मिचेर सबभन्दा दायाँको लेनमा पुगेको थियो। सिधा लेनमा जानुपर्ने गाडीले लेन मिचेर आएको स्थानीयले बताए।

उपाध्यक्ष क्षेत्रीले भने आफूले ठक्कर दिएर भागेको नभई बाटो पार गर्दा ध्यान दिएर हिँड्न सम्झाएको बताए।

‘मैले त्यसो भनेको होइन, मलाई हतार छ उपचार गराउन भैरहवा जाऊँ भनेको थिएँ, तर उहाँले भैरहवा जान्नँ भनेपछि त्यहीका साथीहरूलाई जिम्मा लगाएर हिँडेको हुँ,’ उनले भने।

प्रहरी चौकी ड्राइभर टोलका अनुसार घाइते अधिकारीको अहिले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

खबर सबै