
वियरको बोत्तल प्रहार गरी बाबुले गरे छोराको हत्या

बर्दिया । आफ्नै छोराको हत्या गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–११ विजयनगरका ४५ वर्षीय लौरंगलाल थारुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
बुवा छोराबीच झगडा हुँदा लौरंगलालले बुधबार राति आफ्नै २० वर्षीय छोरा विवेक चौधरीको पेटमा फुटेको वियरको बोत्तल प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते भएका विवेकलाई उपचारको लागि बर्दिया अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो।
छोराको पेटमा बोत्तल प्रहार गरी बुवा लौरंगलाल फरार भएका थिए। खोजतलास गर्ने क्रममा गुलरिया नगरपालिका–११ इन्द्रपुर स्थितबाट प्रहरीले लौरंगलाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया