बाणगंगामा हुन्छ हरेक वर्ष बजार अनुगमन, तर कसरी भेटिए १४ वर्ष पुराना सामान ?

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले चाडबाड आउनासाथ हरेक वर्ष स्थानीय बजारको खाद्य गुणस्तरता मापन गर्न बजार अनुगमन गर्छ । तर हरेक वर्ष बजार अनुगमन गर्दा पनि नभेटिएका सामान यस पटक फेला परेका छन् ।
मंगलबार बाणगंगाको वडा नम्बर ८ मा नगर उप प्रमूख सहितको टोलीले गरेको बजार अनुगमनका क्रममा १४ वर्ष पुराना अखाद्य वस्तु विक्रेताले विक्रिका लागि राखेको पाइयो ।
बजार अनुगमनको औपचारिकता मात्रै पुरा गर्नका लागि निस्कने अनुगमन टोलीले सामान्य रुपमा लिएका कारण व्यवसायीहरुले मनपरि म्याद गुज्रीएका सामान विक्रिमा छुट पाइरहेका छन् भने आम नागरिकहरु अखाद्य वस्तुको खरिद र सेवनका कारण स्वास्थ्य जोखिममा परिरहेका छन् ।

यस अघिका बजार अनुगमन मुख्य बजारमा मात्रै सिमित रहेका कारण राजमार्ग देखि भित्रका पसल व्यवसायीहरुले वर्षाै पुराना सामान विक्रिवितरणका लागि राखेको र त्यसका अनुगमन यस पटक गरिएको नगर उप प्रमूख रिता कुमारी चौधरी बताउनुहुन्छ । हरेक वर्ष बजार अनुगामन हुँदा एक वर्ष भित्रका म्याद गुज्रिएका सामान मात्रै फेला पर्नुपर्ने हो, तर यहाँ त १४ वर्ष पुराना सामान भेटिए नि भन्ने साझाकुराकाे प्रश्नमा उप मेयर चौधरीले भन्नुभयो, पहिला ठूला ठूला बजारमा मात्रै अनुगमन भएर होला सायद राजमार्ग देखि भित्र पनि व्यापार हुन्छ, यस पटक हामी हरेक क्षेत्रमा पुगीरहका छौँ त्यसैले यस्तो भेटिएको हो ।

मंगलवार बाणगंगा नगरपालिकाको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको थियो । छड्के अनुगमनका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले १४ बर्ष पुरानो २००८ मा बनेको ३ बर्ष प्रयोग मिति भएको कस्मेटिक सामग्रि फेला पार्नु भयो । उहाँले सुझाउदै बिक्रता लाई भन्नुभयो “कुनै पनि सामग्री खरीद गर्दा तथा बिक्र गर्दा म्याद भएको न भएको सबै हेर्नु होला ।” यसले बाणगंगा माथि थप प्रश्न उठ्न सक्छ । हरेक बर्ष अनुगमन हुने बाणगंगामा १४ बर्ष पुराना समग्रि भेटिनुले के अर्थ राख्ला उहाँले थप्नु भयो । उहाँले यस्ता समग्रि तुरुन्तै हटाउन भन्नु भयो । आगाममी दिनमा यस्ता समग्रि भेटिए डिलर सम्मनै अनुगमन जाने र थप कारबाहि अगाडि बढाउने उहाँले चेतावनि दिनु भयो ।

यस्तै बाणगंगामा अधिकाशं स्थानमा पसल तथा व्यवसायहरु दर्ता बिना नै संचालनमा रहेका पनि भेटिएका छन् । उप मेयर चौधरीका अनुसार कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताउनुभयो ।

उहाँले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताउनुभयो । उहाँले सामान खरिद गर्नेहरुले पनि खाद्य वा अखाद्य वस्तु के हो भन्ने मिति हेरेर मात्रै खरिद गर्न पनि आग्रह गर्नुभएको छ ।

यस्तैबीच बाणगंगामा प्रिन्ट रेट नभएका खुल्ला तथा सादा प्याकेजिङका अधिकाशं सामानमा व्यापारिले मनोमानी ढंगले मुल्य कायम गर्ने गरेका छन् । बजारमा सबैभन्दा बढी खाजाको रुपमा खपत हुने चाउमिनमा प्रिन्ट रेट हुँदैन । यसमा पछिल्लो एक महिनामा व्यापारिहरुले एक प्याकेटमा ३० देखि ४० रुपैँया सम्मले बृद्धी गरेका छन् । होटलमा सबैभन्दा बढी खपत हुने चाउमिनमा मनपरि मुल्य कायम हुँदा भने बजार अनुगमन टोलीले यसमा ध्यान पु¥याउन सकेको छैन ।
्यस्तै यस बाहेकका अन्य खुल्ला बिक्रि हुने सामानमा व्यापारिहरुले मनोमानी ढंगले रकम असुल्ने गर्छन् ।

प्रतिक्रिया

खबर सबै