

विश्व पर्यटन दिवस : बेलहियामा ५ जना पर्यटकलाई गरियो सम्मान



रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ४२ औं विश्व पर्यटन दिवस मनाएको छ । लुम्बिनी प्रदेशको ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा क्षेत्र भैरहवाको बेलहियामा मंगलबार विषेश कार्यक्रम गरेको हो ।
सो कार्यक्रमा ५ जना पर्यटकलाई सम्मान गरिएको छ । बेलहियामा भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले स्वागत गरे । भारतीय पर्यटक दिल्लीका लाला राम र केरलाका राकेश कुमार कच्छ पहिलो भारतीय पर्यटकको रुपमा नेपाल भित्रिएका थिए । यस्तै ईजरायलका म्याक, क्यानडाका आरोन र चीनकी जुलाई पनि मन्त्री खाँणले स्वागत तथा सम्मान गरे । ‘पर्यटनमा पुनर्विचार’ भन्ने नारा सहित दिवस मनाइएको हो ।
पर्यटकलाई स्वागत र सम्मान गर्र्दै गृहमन्त्री खाँणले नेपाल आउने भारतीय पर्यटकलाई पनि अन्य पर्यटक जस्तै सम्मान गर्नुपर्ने बताए । खाँणले नेपालको समग्र विकासको लागि नेपालका सम्पदाहरूको रक्षा र त्यसको उपयोगको साथै पर्यटन ब्यवसायको प्रवर्द्धनले नेपाललाई समृद्ध बनाउने विचार ब्यक्त गरे ।
लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरीले पनि पर्यटकलाई स्वागत गरेका थिए । हरेक वर्ष जस्तै यो वर्ष पनि उत्साहका सार्थ विश्व पर्यटन दिवस मनाइएको चौधरीले बताए । दिवस मनाउन गठित मूल समारोह समितिका संयोजक सीपी श्रेष्ठले पर्यटक पाहुना भएकाले पाहुनाको स्वागतमा पर्यटन ब्यवसायी सधै तयार रहेको बताए । उनले पर्यटन दिवसको अवसर पारेर भैरहवाका होटलमा २० प्रतिशत छुट दिइएको र यातायातमा पनि सहुलियत दिएको बताए । कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया