

विश्व पर्यटन दिवस : लुम्बिनी प्रदेशमा भव्य तयारी





रुपन्देही । लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व हुने गरी विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरेर दिवस मनाउने तयारी थालिएको हो । मूल समारोह समितिका संयोजक सीपी श्रेष्ठका अनुसार पर्यटन दिवसको अवसरमा सोमबार बेलुका ५ बजे बुटवलमा दीप प्रज्वलन कार्यक्रम गरिनेछ । यो कार्यक्रमको ब्यवस्थापन एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) लुम्बिनीले गर्ने नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तले जानकारी दिइन् ।
त्यसैगरी मंगलबार बिहान रुपन्देहीको भैरहवास्थित बेलहियामा दिवसको मूल कार्यक्रम गरिनेछ । पर्यटन क्षेत्रका सबै सरोकारवालाको उपस्थितिमा मूल कार्यक्रम गर्न लागिएको मूल समारोह समितिका सदस्य नरेश केसीले जानकारी दिए । उक्त कार्यक्रममा भारतबाट बेलहिया नाका हुँदै नेपाल भित्रिने पहिला दुई र अन्य विदेशी दुई पर्यटकलाई भव्य रुपमा स्वागत र सम्मान गरिने केसीले बताए । बाजागाजासहित भव्य रुपमा पर्यटकलाई सम्मान गरिने कार्यक्रम तय भएको उनले बताए । ‘पर्यटनमा पुनर्विचार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
विश्व पर्यटन दिवसको अवसरमा भैरहवाका होटलहरूमा विदेशी पर्यटकलाई २० प्रतिशत छुट दिएका छन् । ६ महिनाका लागि यो छुट दिइएको हो । होटलको छुट सहित यातायातमा पनि सहुलियत दिइएको होटल व्यवसायीले बताएका छन् । दिवसकै अवसर पारी आयोजक समितिले यसअघि भारतका पत्रकारसँग अन्तरक्रिया गरेर भारतीय पर्यटकलाई निम्ता दिएका छन् ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया