
संविधान दिवस : लुम्बिनी प्रदेश सरकारबाट ६१ जना विभूषित

बुटवल। लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट योगदान पुर्याएको भन्दै ६१ जनालाई पदकबाट विभूषित गरेको छ ।
सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका व्यक्तिहरूको नामावली घोषणा गरिएको हो ।
संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई प्रदेश प्रमुख तृतिय जनसेवा पदक प्रदान गर्ने घोषणा गरिएको हो ।
यसैगरी, बाँकेका डा. मोहिउद्दिन किदवाई र चितवनका डा. राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितिय प्रदान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई प्रदेश सेवा समर्पण पदक प्रथम प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सेवा समर्पण पदक द्वितिय नौ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय चार जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ ।
समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरेको छ । प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरेको छ ।
प्रजापति गौतम पदक द्वितिय र तृतियबाट एक एक जना, दंगिशरण बलिहाङ पदक द्वितियबाट एक जना तथा दंगीशरण बलिहाङ पदक तृतीयबाट चार जना गरी ६१ जनालाई विभूषित गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया