

जजिराको भैरहवा–कुवेत नियमित उडान सुरु



बुटवल । कुवेतको जजिरा एयरलाइन्सले भैरहवा–कुवेत नियमित उडान शुक्रबारदेखि सुरु गरेको छ।
गत जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै कुबेत–भैरहवा जिजराले हप्तामा ३ दिन उडान गर्दै आएको थियो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको जानकारी दिए।
उनका अनुसार, हालसम्म जजिरा एयरलाइन्सले कुबेत–भैरहवाबीच १ सय १० वटा उडान गरेको छ।
यी उडान हुँदै कुबेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना हवाइ यात्रु आएका छन्। भैरहवाबाट कुबेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन्।
जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ बिमानले कुबेत–भैरहवाबीच हवाई उडान भर्दै आएको छ। जजिरा गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको एकमात्र अन्तराष्ट्रिय एयरलाइन्स हो।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया