

जजिराको भैरहवा–कुवेत नियमित उडान सुरु



बुटवल । कुवेतको जजिरा एयरलाइन्सले भैरहवा–कुवेत नियमित उडान शुक्रबारदेखि सुरु गरेको छ।
गत जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै कुबेत–भैरहवा जिजराले हप्तामा ३ दिन उडान गर्दै आएको थियो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको जानकारी दिए।
उनका अनुसार, हालसम्म जजिरा एयरलाइन्सले कुबेत–भैरहवाबीच १ सय १० वटा उडान गरेको छ।
यी उडान हुँदै कुबेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना हवाइ यात्रु आएका छन्। भैरहवाबाट कुबेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन्।
जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ बिमानले कुबेत–भैरहवाबीच हवाई उडान भर्दै आएको छ। जजिरा गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको एकमात्र अन्तराष्ट्रिय एयरलाइन्स हो।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया