

एकैदिन डेढ करोड मूल्यको खाद्यान्न बरामद



बुटवल । ठूलो परिमाणमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको करिव डेढ करोडको अवैध खाद्यान्न सशस्त्रप्रहरी र जनपथप्रहरीले बरामद गरेको छ । रुपन्देहीको दुई छुट्टा–छुट्टै स्थानबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको मालसमान प्रहरीले बरामद गरेको हो ।
दुईवटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित बरामद गरिएको छ भने २ वटा ट्रक नियन्त्रमा लिइएको सशस्त्रप्रहरी बल नं.२७ गण हेड क्वार्टर रुपन्देहीले जनाएको छ ।
बरामद गरिएको सामानको बजार मूल्य एक करोड ६८ हजार पाँचसय रुपियाँ रहेको गणका सूचना अधिकारी सशस्त्रप्रहरी नायवउपरीक्षक प्रेमप्रकाश सिग्देलले बताउनुभयो ।
सिग्देलकाअनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना हुलाकीमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकलाई अन्डर बिलिङ्गभएको आशंकामा चेकजाँच गर्नेक्रममा भारतबाट भन्सार छली अवैध रुपमा भित्र्याइएको केएससीएम ब्राण्डको भारतीय चिनी फेला परेको थियो ।
उक्त ट्रकका चालक प्यूठानको माण्डवी गाउंपालिका–३ नयाँगाउँका विनोद थापालाई नियन्त्रणमा लिई कार्वाहीका लागि राजश्व कार्यालय बुटवलमा पठाइएको सिग्देलले बताउनुभयो ।
यस्तै रुपन्देहीकै ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित हुलाकीमार्गबाट भैरहवातर्फ जाँंदै गरेको ना ३ ख ६३२७ नम्वरको ट्रकबाट पनि चिनी बरामद भएको सूचना अधिकारी सिग्देलले बताउनुभयो ।
यति ठूलो परिमाणमा भन्सार छलीको सामान बरामद भएको यो आर्थिक वर्षमा पहिलो घटना भएको सशस्त्र प्रहरीको भनाइ छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया