

एकैदिन डेढ करोड मूल्यको खाद्यान्न बरामद



बुटवल । ठूलो परिमाणमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको करिव डेढ करोडको अवैध खाद्यान्न सशस्त्रप्रहरी र जनपथप्रहरीले बरामद गरेको छ । रुपन्देहीको दुई छुट्टा–छुट्टै स्थानबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको मालसमान प्रहरीले बरामद गरेको हो ।
दुईवटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित बरामद गरिएको छ भने २ वटा ट्रक नियन्त्रमा लिइएको सशस्त्रप्रहरी बल नं.२७ गण हेड क्वार्टर रुपन्देहीले जनाएको छ ।
बरामद गरिएको सामानको बजार मूल्य एक करोड ६८ हजार पाँचसय रुपियाँ रहेको गणका सूचना अधिकारी सशस्त्रप्रहरी नायवउपरीक्षक प्रेमप्रकाश सिग्देलले बताउनुभयो ।
सिग्देलकाअनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना हुलाकीमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकलाई अन्डर बिलिङ्गभएको आशंकामा चेकजाँच गर्नेक्रममा भारतबाट भन्सार छली अवैध रुपमा भित्र्याइएको केएससीएम ब्राण्डको भारतीय चिनी फेला परेको थियो ।
उक्त ट्रकका चालक प्यूठानको माण्डवी गाउंपालिका–३ नयाँगाउँका विनोद थापालाई नियन्त्रणमा लिई कार्वाहीका लागि राजश्व कार्यालय बुटवलमा पठाइएको सिग्देलले बताउनुभयो ।
यस्तै रुपन्देहीकै ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित हुलाकीमार्गबाट भैरहवातर्फ जाँंदै गरेको ना ३ ख ६३२७ नम्वरको ट्रकबाट पनि चिनी बरामद भएको सूचना अधिकारी सिग्देलले बताउनुभयो ।
यति ठूलो परिमाणमा भन्सार छलीको सामान बरामद भएको यो आर्थिक वर्षमा पहिलो घटना भएको सशस्त्र प्रहरीको भनाइ छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया