

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन


एजेन्सी
बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । उहाँले ७० वर्षसम्म शासन गर्नुभयो ।
यसअघि आज बिहीवार उहाँकाे स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियाे । हिजो बुधवारका लागि आयोजना गरिएको एउटा भर्चुअल बैठकमा महारानी अनुपस्थित भएपछि उहाँको स्वास्थ्यबारे चर्चा भएको थियो ।
नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्गम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताउनुभएको थियाे भने विश्वभरबाट उहाँकाे स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएकाे थियाे ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया