

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
निगम स्रोतका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १।४० रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६।१२ रुपैयाँ बढेर आएको छ भने हवाई इन्धन ८ रुपैयाँले बढेको आएको छ । यस्तै, यस पटक खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेको छ ।
यससँगै, निगमलाई १५ दिनमा ४८ करोड २५ लाख रुपैयाँ घाटा हुने भएको छ । निगम स्रोतका अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेको स्थितिमा एलपीजी ग्यासको घट्दा करिब २ करोड रुपैयाँ बराबरको घाटा जोगिएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्यको भाउ उकालो लागेको छ । यसअघि, प्रतिब्यारेल कच्चा तेलको मूल्य ९४ डलरसम्म आइपुगेको थियो । जुन, अहिले बढेर १०० डलर प्रतिब्यारेल भन्दा माथि पुगेको छ । यससँगै, आईओसीले पठाएको नयाँ मूल्यसूची बढेर आएको हो ।
यसअघि, आईओसीले तीन पटकसम्म मूल्य घटाएर पठाएको थियो । तर, अब फेरि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि भाउ बढाएर पठाएको हो । आईओसीले निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । आईओसीले अंग्रेजी तारिख १ र १५ मा मूल्यसूची पठाउने गरेको छ । यस्तै, निगमले आईओसीलाई ८ र २३ तारिखमा भुक्तानी गर्दै आएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया