

रुपन्देही २ : विष्णु पौडेलसँग राजु गुरुङको टक्कर



रुपन्देही । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।
रुपन्देही–१ बाट महासचिव डा। बेदुराम भुसाल, उपमहासचिव डा।विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही–२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ ।
गुरुङ सिफारिस भएको क्षेत्र रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनाव लड्दै आएका छन् ।
०७४ को निर्वाचनमा पनि पौडेल यो क्षेत्रबाट निर्वाचित भएका थिए । वाम गठबन्धनका उम्मेदवार बन्दै पौडेलले ४४ हजार ३ सय मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९३७ मत पाएका थिए । गिरी कांग्रेसका जिल्ला तहका नेता हुन् । तर यसपटक गठबन्धनमा यो क्षेत्र एकीकृत समाजवादीले पाउने सम्भावना रहेको एक नेता बताउँछन् ।
एमाले विभाजन अगाडिसम्म विष्णु पौडेलको चुनावी कमाण्डर हुने गरेका थिए । त्यसैले पनि गुरुङलाई उम्मेदवार बनाउने सम्भावना रहेको ती नेता बताउँछन् ।
एमाले निकट युवा संघका पूर्वउपाध्यक्ष गुरुङ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपन्देही जिल्ला अध्यक्ष थिए । तर एमाले विभाजनसँगै उनी एकीकृत समाजवादीतिर लागे ।
‘एक नम्बरबाट विजय पौडेलले चुनाव लड्ने मनसाय गर्नुभएको छ, तर उहाँको भन्दा राजु गुरुङको जनमत राम्रो छ’, ती नेता भन्छन् । त्यसैले अरु क्षेत्र कांग्रेसलाई छाडेर एकीकृत समाजवादीले २ लिनसक्ने नेताहरु बताउँछन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया