

रुपन्देहीमा स्रोत नखुलेको २४ लाखसहित एक युवक पक्राउ



बुटवल । रूपन्देही प्रहरीले स्रोत नखुलेको २४ लाख रूपैयाँसहित एक जना युवालाई पक्राउ गरेको छ । रूपन्देही सिद्धार्थनगर नगरपालिका १ बाट स्रोत नखुलेको मोटो रकमसहित बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षका सन्दीप शाक्यलाई पक्राउ गरेको हो ।
अवैध रकम ओसारपसार हुँदै गरेको सूचना पाएपछि प्रहरीले चेकजाँच गर्दा शाक्यको साथबाट २४ लाख ४० हजार रुपैयाँ रकम फेला परेको जिल्ला प्रहरी कार्यालय, रुपन्देही प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारवाहीको लागी सोमवार भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया