

सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने योजना छः भूमिसुधार मन्त्री श्रेष्ठ


नेपालगञ्ज । भूमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने योजना बनाएर कार्यान्वयन चरणमा रहेको बताउनुभएको छ । उहाँले कोही पनि मानिस भूमिहीन र सुकुम्बासी नहोस् भनेर सरकारले सबैलाई जग्गा उपलब्ध गराउने अभियान थालेको बताउनुभयो ।
नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले भूमिहीन र सुकुम्बासीको पहिचान गरेर उनीहरुलाई जग्गा उपलब्ध गराउन नै जिल्ला जिल्लामा आयोगको शाखा गठन गरेर कामलाई तीव्र पारेको जानकारी गराउनुभयो ।
उहाँले सरकारले जनतालाई सुविधा दिन नापी र मालपोत कार्यालयहरु पनि स्थानीय तहसम्मै पुर्याउने लक्ष्य लिएको बताउनुभयो । सोही क्रममा लामो समयदेखिको जनताको मागलाई ध्यानमा राखेर एक हप्ताभित्रै नापी तथा मालपोतको शाखा कार्यालय कोहलपुरमा स्थापना गर्न नापी र मालपोत कार्यालय बाँकेका प्रमुखलाई मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।
मन्त्रालय र विभागले गर्ने सबै प्रक्रिया पूरा भइसकेको जनाउनुहुँदै उहाँले तत्काल कार्यालय स्थापना गर्न निर्देशन पनि दिनुभयो ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया