

नागरिकता विधेयकमा एमालेले राजनीति गरिरहेकाे छ : वर्षमान पुन



काठमाण्डाै
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाउनुभएको छ । नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उहाँले एमालेलाई आग्रह गर्नुभयो ।
बिहीवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई विधेयक पारित गराउने काममा सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका छोराछोरीले नागरिकता नपाएको अवस्थामा अप्ठ्यारा भाेगिरहेका छन् । विदेश भ्रमण हाेस् वा बैंक खाताकाे कुरा हाेस्, यसमा समस्या भाेगिरहेका छन् । ती अप्ठ्यारा फुकाउनकै लागि याे विधेयक ल्याइएको हो र अरू केही जरुरी कुराहरू मात्रै यसमा राखिएको छ । यसमा वैवाहिक अङ्गीकृत लगायतका विषयमा आउँदा दिनमा राष्ट्रिय सहमति बनाएर प्रस्तुत हुने सरकारले भनेको छ । नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक विषय नबनाऔँ । बरु परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौँ भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरूलाई आग्रह गर्दछु ।’
नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको याे विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रियाभित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गर्नुभयो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया