

आयरल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी : शृङ्खला दुई/दुई को बराबरी

काठमाण्डाै
आयरल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । अफगानिस्तान विजयी भएसँगै यी दुई देशबीचको पाँच खेलको टी–२० शृङ्खला २/२ को बराबरी भएको छ ।
बेलफास्टमा गएराति भएको खेलमा अफगानिस्तान २७ रनले विजयी भयो । निरन्तर पानी परेका कारण खेल ११ ओभरमा छोट्याइएको थियो । अफगानिस्तानले दिएको दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली आयरल्यान्डले ११ ओभरमा अलआउट हुँदै १ सय ५ रन मात्र बनायो । उसका जर्जी ड्याकरोलले अविजित ४१ तथा पउल स्ट्रलिङले २० रन बनाए ।
अफगानिस्तानका फरिद अहमदले ३ तथा नवीन उल हक र रसिद खानले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका नजिबुल्लाह जाड्रनले ५० रनको अर्धशतकीय पारी खेले ।
आयरल्यान्डका गारिथ डिलेनीले ३ तथा मार्क अडिर, बारी म्याककार्थी र फियो ह्यान्डले समान १/१ विकेट लिए । दुई देशबीचको पाँचौँ तथा निर्णायक खेल बुधवार हुनेछ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया