

रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते



रुपन्देही । रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।
जिल्लाको ओमसतिया – ४ बसन्तपुरमा आइतबार राति १२ बज्न लागेको समयमा गोली चलेको हो । उक्त समूहले चलाएको गोली लाग्दा सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक मोटरसाइकलमा आएका ३ जनाको समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो ।
गुरुङको हाल युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको बताइएको छ । उनको स्वास्थ्य सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।
गुरुङमाथि गोली चलेको आधा घण्टा अघि मात्रै रुपन्देहीकै रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै घटनामा संलग्न तिनै समूह भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि प्रहरीले घटनामा संलग्नहरुको पहिचान भने गर्न सकेको छैन ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया