

रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते



रुपन्देही । रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।
जिल्लाको ओमसतिया – ४ बसन्तपुरमा आइतबार राति १२ बज्न लागेको समयमा गोली चलेको हो । उक्त समूहले चलाएको गोली लाग्दा सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक मोटरसाइकलमा आएका ३ जनाको समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो ।
गुरुङको हाल युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको बताइएको छ । उनको स्वास्थ्य सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।
गुरुङमाथि गोली चलेको आधा घण्टा अघि मात्रै रुपन्देहीकै रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै घटनामा संलग्न तिनै समूह भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि प्रहरीले घटनामा संलग्नहरुको पहिचान भने गर्न सकेको छैन ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया