
रुपन्दहीमा सवारी हाक्दै हुनुहुन्छ ? कार्वाहीमा परिएला ख्याल गर्नुहोस्

भैरहवा । तिव्र गतिमा सवारी चलाउनेहरुका लागि जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले कार्वाह गर्र्ने भएको छ । ट्राफिक प्रहरीले ओभर स्पिड डिटेक्सन “राडार गन” ले तिव्रगतिमा हुईकिने सवारी साधनलाई ठाउँका ठाउँ कार्यवाही गर्न थालेको हो ।
करिब १ किलोमिटर परबाट नै तिव्र गतिमा आउने सवारी साधनलाई यसले पहिचान गर्छ र यसको जानकारी ट्राफिक प्रहरीलाई दिन्छ । राडार गनले तिव्र गतिमा चल्ने सवारी साधनको नम्बर प्लेट सहितको फोटो खिचेर यसको गति सहितको विवरण स्टोरेज गरेको हुन्छ । जसलाई तुरुन्तै प्रिन्ट समेत गरेर प्रमाणको लागी सवारी धनिले लैजान सक्ने ब्यवस्था रहेको छ ।
सडक बिभागको मापदण्ड अनुसार राजमार्गमा अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन चलाउन पाईन्छ । त्यो भन्दा बढी गतिमा चल्ने सवारी साधनलाई प्रहरीले कार्यवाही अभियान नै चलाएको छ । जिल्लामा हुने दुर्घटना मध्ये सबै भन्दा बढी तिव्र गतिको कारण हुने भएकोले तिव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले यो अभियान चलाएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख केशव केसीले जानकारी दिए ।
अभियान लागु गर्नु पूर्व स्थानिय सञ्चारमाध्यमहरु बाट यस बारे जानकारी गराईएको उनले बताए । अहिलेलाई सचेत गराउनका लागी ५ सय रुपैया मात्र जरिवाना काट्ने गरेको केसीले बताए । उनले यसलाई पनि अटेर गरि तिव्र गतिमा सवारी हाँके यो जरिवाना बढाउदै लैजाने बताए ।
साउन २४ गते देखी सुरु गरिएको अभियानको पहिलो दिन ३२ जना, दोश्रो दिन ३८ जना र तेश्रो दिन २६ गते ४९ जनालाई तिव्रगति चलाएको कारण कार्यवाही स्वरुप जरिवाना गरिएको केसीले जनाए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया