

रोटर्याक्ट क्लब अफ मणिग्रामको अध्यक्षमा आयुष पाैडेल निर्वाचित



रुपन्देही संवाददाता
रोटर्याक्ट क्लब अफ मणिग्रामको तेस्रो पदस्थापन तथा धन्यवाद ज्ञापन समारोहबाट अध्यक्षमा आयुष पाैडेल निर्वाचित भएका छन्।
शनिबार तिलोत्तमा को ड्राइभरटोल स्थित होटल टुलिपमा सम्पन्न समारोहमा प्रमुख अतिथिको रुपमा तिलोत्तमा नगरपालिका उपप्रमुख श्री जागेश्वर देवी चौधरी ज्यू , विशिष्ठ अतिथि मा रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ का ए डी आर आर रेशम खड्का, असिस्टेन्ट गभर्नर राजुदेवि खनाल, स्पोन्सर क्लब रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाद अर्याल, कल्ब का सस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्याल, रोटरी डिष्ट्रिक्ट ३२९२ को रोटरी इकोनोमिक डेभलपमेन्ट चियर एबम् क्लब एडभाइजर लक्ष्मण ज्ञवाली, रोटरी क्लव अफ बुटवल साउथ का वर्ष २२-२३ का अध्यक्ष टंकनाथ अधिकारी, जोन १९ का ZRR अशोक ज्ञवाली, ट्विन क्लव रोट्रयाक्ट क्लव अफ पूर्वी चितवनका संस्थापक अध्यक्ष पूजन लामिछाने , रोटर्यक्ट डिष्ट्रिक्ट ३२९२ का पदाधिकारी लगाएत अन्य अतिथिहरु, स्पोन्सर कल्ब रोटरी कल्ब मनिग्राम का पदाधिकारी एबम सदस्य, छिमेकी क्लबका अध्यक्ष, निवर्तमान अध्यक्ष ,सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम मा रोटर्याक्ट क्लव अफ मणिग्रामका वर्ष २१-२२ का अध्यक्ष निराजन अर्यालले वर्ष भरि विभिन्न कार्यक्रम को संयोजन गर्नुभएका संयोजक हरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।
क्लव बाहिर बाट कार्यकाल उत्कृष्ट बनाउन ऊर्जा दिने छिमेकी क्लव का समकालीन अध्यक्षहरु एबम् डिष्ट्रिक्ट का पदाधिकारीहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।
विभिन्न विधा हरुबाट क्लव सदस्य हरुको मनोवल बढाउन अनुसाशन अवार्डबाट रबिना नेपाली र मञ्जु भुसाल ,नियमित सहभागी अवार्ड प्रतीक पाैडेल, उदाउँदो रोटर्याक्टर अवार्डबाट बबिता भुसाल, बिन्दु भट्टराई र अस्मिता कुँवर एबम् उत्कृष्ट रोट्रयाक्टर अवार्ड गणेश पन्थ लाई सम्मान समेत गर्नुभएको थियो ।
राष्ट्रिय गायिका सुश्री सुशीला गौतम र सर्प उद्धारकर्ता प्रवीण पाण्डेलाई सम्मान पत्रले सम्मान गर्दै गायिका गौतमलाई मानार्थ सदस्य पनि प्रदान गरिएको थियो। अध्यक्ष मा निर्वाचित हुनुभएका पौडेल लाई Rotaract District का ADRR रेशम खड्काले सपथ ग्रहण गराउनु भयो भने सस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्याल ले अध्यक्ष कलर चाटर सर्टिफिकेट हस्तान्तरण गर्नुभयो र पौडेल ले आफ्नो कार्यसमिति प्रस्तुत एवम सपथ ग्रहण गराएर वर्ष भरि गरिने कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नयाँ सदस्य को रूपमा २८ जना सदस्य लाई सापट ग्रहण zone 19 का ZRR अशोक ज्ञवालीले गराउनु भयो भने रोटर्याक्ट डिष्ट्रिक्ट को टिमले पिन र सर्टिफिकेट वितरण गरी नयाँ सदस्य स्वागत गर्नुभएको थियो ।
कार्यक्रम बोल्दै मा बधाई तथा शुभकामना दिदै टुइन कल्ब का सस्थापक अध्यक्ष पूजन लामिछाने ले टुइनसिप सधै का लागिरहेको र मिलेर अगि बढ्ने बताउनुभयो ZRR अशोक ज्ञवाली ले मनिग्राम ले छोटो समय मा ठुला पुराना कल्ब लाई उछिनेको बताउदै बधाई शुभकामना दिनुभएको थियो ।
सल्लाहकार लक्ष्मण ज्ञवाली ले आफू सदैब रोटर्याक्ट मनिग्राम को साथमा रहेको ले र जस्तो सुकै परिस्थितिमा आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउदै रोटरी सङ मिलेर अगाडि बढ्न सुझाव दिनुभयो।रोटरी अध्यक्ष रोटरियन.दुर्गाप्रसाद अर्याल ले शुभकामना बधाई सङै रोटरी ले सक्दो सहयोग सङै मिलेर काम गर्ने बताउनु भयो, सस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्यालले कल्ब स्थापना देखि आज सम्म सहयोग गर्नुहुने सम्पूर्ण लाई सम्झदै कल्ब ले छोटो समय मा धेरै काम गरेको र रोटर्याक्ट डिस्टिक मा पहिचान बनाउन सफल भएको र आफ्नो कार्यकाल सफल बनाउनु भएको मा २०२१/२२ का अध्यक्ष रो निराजनको टिमलाइ बधाई सङै २०२२/२३ का लागि नव निर्वाचित अध्यक्ष आयुस पौडेल को टिमलाइ लाई सफलताको शुभकामना सङै छिमेकी कल्ब सङ मिलेर काम गर्न सुझाव एबम आफू सधै साथ मा रहेको बताउनुभयो ।
रोटरी सस्थापक अध्यक्ष एसिष्टेन्ट गभर्नर राजुदेवी खनाल ज्यूले रोटरीबाट हुने सहयोगमा कुनै कमी नरहने बताउनु भएको छ भने रोटर्याक्ट डिस्ट्रीक ३२९२ का ADRR रेशम खड्का ज्यूले स्थापना को ३ बर्ष भित्रमा नै रोटर्याक्ट डिस्ट्रीक ३२९२ मा अब्बल कल्बको रुपमा सावित गर्दै विभिन्न बिधाम अवार्ड पाएको रोट्रयाक्ट मणिग्रामले रोटर्याक्ट डिश्ट्रीक टिममा समेत पव्लिक इमेज चियर को रुपमा कृष्ण प्रसाद बस्याल ले जिम्मेवारी पाउनुभएकोमा बधाई दिनुभएको थियो ।
प्रमुख अतिथि तिलोत्तमा नगरपालिका उपमेयर जागेश्वरि देवी चौधरी ज्यूले निराजन अर्यालको कार्यकाल सफल रूपमा समापन गर्नुभएको बधाई र नवनिर्वाचित आयुष पाैडेल लाई छिमेकी क्लब सँग सहकार्य गरी यो वर्षलाई स्वर्णिम वर्षको रूप मा स्थापित गराउन तिलोत्तमा नगरपालिकाले सक्दो सहयोग गर्ने भन्दै सफल कार्यकालको सुभकामना प्रदान गर्नुभयो ।
कार्यक्रम मा को वर्ष २०२२/२३ का अध्यक्ष आयुष पौडेलको अध्यक्षता कार्यक्रम संयोजक गणेश पन्थ स्वागत मन्तव्य धन्यवाद मन्तव्य बिन्दु भुसालले धन्यवाद मन्तव्य दिनुभएको कार्यकमको सञ्चालन वर्ष २१/२२ का सचिव गणेश भुसाल र वर्ष २२/२३का सचिव विनोद बस्यालले संयुक्त रुपमा गर्नुभएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया