बाणगंगाबाट सरुवा भएका पन्थीलाई बुटवलमा स्वागत

बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई बुटवलमा स्वागत गरिएको छ ।

नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले पन्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउन निर्देशन प्रमूख प्रशासकिय अधिकृत पन्थीलाई आग्रह गरे । ‘हामी जनप्रतिनिधिहरु पाँच वर्षमा आउने जाने हुन्छ, कर्मचारी संयन्त्र स्थायी सरकार हो, उनले भने–जनप्रतिनिधि सफल हुनु नहुनुमा कर्मचारी संयन्त्रको भूमिका रहन्छ, त्यसैले स्थानीय सरकारलाई सफल बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरलाई सफल बनाउनका लागि नगरप्रमुखका योजना कार्यान्वयनमा आफु कानूनी आधारमा अघि बढ्ने बताए । उनले नगरप्रमुखको निर्देशनबाहिर गएर आफुले कुनैपनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

खबर सबै