

बाणगंगा विशेष : विद्यतु महसुल बुझाउने काउन्टरमा नक्कली नोट





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका जितपुर स्थित नेपाल विद्युत प्राधिकरणको विद्युत महशुल संकलन शाखामा नक्कली नेपाली नोट फेला परेको छ ।
सेवा ग्राहीहरुबाट आफ्नो विद्युत महशुल बुझाउने क्रममा बुधबार (हिजो) को कारोवारका क्रममा नेपाली एक हजार रुपैयाँको एक थान नक्कली नोट फेला परेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जितपुरका प्रमूख ओमबिक्रम थापाले बताउनुभयो ।
बुधबार कारोवार भएको रकम बैंकमा जम्मा गर्ने क्रममा सो नोट नक्कली भएको बैँक कर्मचारीबाट पुष्टि भएको उहाँले जानकारी दिनुभयो । कसले कतिबेलाको कारोवारमा सो नोट दियो भन्ने विषय अज्ञात छ । यस बाहेक अन्य नोट नक्कली नभएको तर एउटा मात्रै एक हजारको नोट नक्कली भेटिएको हो ।
प्राधिकरणका कर्मचारीले जम्मा भएको रकम बैंक दाखिलाका लागि जितपुर स्थित कुमारी बंैकमा लएका थिए । सो क्रममा बैंकले नोट नक्कली रहेको जनाएको हो ।
नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका लेखापाल बाबुराम पन्थीका अनुसार नोट भेटिएको र कसले कसरी ल्यायो भन्ने थाहा नभएको बताउनुभयो ।
ङ १५ २२४६३१ नम्बरको भेटिएको हजारको नोट नक्कली नोट बैंकले आफैं राखेको छ । पातलो कागज, नोट भित्र सेतो देखिने धर्को निम्न गुाण्स्तरको रहेको र गुराँसको फुल समेत स्पष्ट नदेखिएपछि नोट छाम्दा नोट नक्कली रहेको बैकका कर्मचारीहरुले पत्ता लगाएका थिए । जितपुर काउन्टरमा २ वटा महसुल काउन्टर र एक वटा विविध काउन्टर छन्। सिसिटभि क्यामेरा समेत नभएपछि नोट कसले ल्यायो भन्न पत्ता लगाउन मुस्किल भएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया