

गुल्मीमा ट्रयाक्टरबाट खसेर २२ वर्षीय युवकको मृत्यु


गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका–२ देउरालीमाट्रयाक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीकै मालिका गाउँपालिका–२ का २२ वर्षीय दिपक परियार रहेका छन् । तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्रयाक्टरबाट बुधबार साँझ ६ बजे उनी खसेका थिए ।
ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा गएराती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालकलाई प्रहरी चौकी पौदी अमराईले नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया