

खाद्यान्न किन्दा एकै वर्ष ७४ अर्ब रुपैयाँ बाहिरियो, कोरियाबाट चामल र चीनबाट कोदो भित्रियाे



काठमाण्डाै
गएको आर्थिक वर्षमा नेपालले ७४ अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । सरकारले कृषिजन्य वस्तुको आयात रोक्ने भन्दै हरेक वर्ष विभिन्न कार्यक्रम चलाएको छ र एकै आर्थिक वर्षमा ७४ अर्ब २८ करोड रुपैयाँको खाद्यान्न भित्रिएको भन्सार विभागले जनाएको छ ।
भारत, चीन, अमेरिका, जापान, इन्डोनेसिया, ब्राजिल, अर्जेन्टिना लगायका दर्जनौँ देशबाट धान–चामल, मकै, गहुँ, कोदो लगायतका खाद्यान्न भित्रिएको छ । झन्डै ४७ अर्ब रुपैयाँको धान–चामल नेपालले भारत, इन्डोनेसिया, जापान, कोरिया लगायतका देशबाट किनेको छ ।
अचम्मको कुरा नेपालकै पाखा–पखेरामा कम मेहनतमै फल्ने कोदो पनि आयात भएको छ । नेपालले चीनबाट ६७ हजार रुपैयाँको आठ सय ५० किलो र भारतबाट तीन करोड ९८ लाख रुपैयाँको एक लाख १९ हजार किलो कादो आयात गरेको छ ।
गएको आर्थिक वर्षमा एक खर्ब २० अर्ब रुपैयाँको घिउ–तेलजन्य वस्तु, ३६ अर्ब ५४ करोड रुपैयाँको तरकारी, २४ अर्ब ९९ करोड रुपैयाँको फलफूल, नाै अर्ब रुपैयाँको चिया–कफी, सात अर्ब ४१ करोड रुपैयाँको चिनी र चिनीजन्य वस्तु र खाद्यान्न उद्योगलाई चाहिने कच्चा पदार्थ २९ अर्ब रुपैयाँको आयात भएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया