

खाद्यान्न किन्दा एकै वर्ष ७४ अर्ब रुपैयाँ बाहिरियो, कोरियाबाट चामल र चीनबाट कोदो भित्रियाे





काठमाण्डाै
गएको आर्थिक वर्षमा नेपालले ७४ अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । सरकारले कृषिजन्य वस्तुको आयात रोक्ने भन्दै हरेक वर्ष विभिन्न कार्यक्रम चलाएको छ र एकै आर्थिक वर्षमा ७४ अर्ब २८ करोड रुपैयाँको खाद्यान्न भित्रिएको भन्सार विभागले जनाएको छ ।
भारत, चीन, अमेरिका, जापान, इन्डोनेसिया, ब्राजिल, अर्जेन्टिना लगायका दर्जनौँ देशबाट धान–चामल, मकै, गहुँ, कोदो लगायतका खाद्यान्न भित्रिएको छ । झन्डै ४७ अर्ब रुपैयाँको धान–चामल नेपालले भारत, इन्डोनेसिया, जापान, कोरिया लगायतका देशबाट किनेको छ ।
अचम्मको कुरा नेपालकै पाखा–पखेरामा कम मेहनतमै फल्ने कोदो पनि आयात भएको छ । नेपालले चीनबाट ६७ हजार रुपैयाँको आठ सय ५० किलो र भारतबाट तीन करोड ९८ लाख रुपैयाँको एक लाख १९ हजार किलो कादो आयात गरेको छ ।
गएको आर्थिक वर्षमा एक खर्ब २० अर्ब रुपैयाँको घिउ–तेलजन्य वस्तु, ३६ अर्ब ५४ करोड रुपैयाँको तरकारी, २४ अर्ब ९९ करोड रुपैयाँको फलफूल, नाै अर्ब रुपैयाँको चिया–कफी, सात अर्ब ४१ करोड रुपैयाँको चिनी र चिनीजन्य वस्तु र खाद्यान्न उद्योगलाई चाहिने कच्चा पदार्थ २९ अर्ब रुपैयाँको आयात भएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया