

बाबुरामले टुङ्ग्याए नयाँ पार्टीको नाम



काठमाण्डौँ
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा परेका जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाएका छन् । नयाँ पार्टीको नाम टुङ्गो लागे पनि सो पार्टीको अध्यक्ष पदको बारे भने अझै अन्योल रहेको छ ।
भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठका अनुसार नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ । दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको बताइएको छ ।
सो नाम निर्वाचन आयोगमा समेत पठाइसकिएको र आयोग पनि सो नामप्रति सकारात्मक रहेको भट्टराई पक्षका नेताहरूको भनाई छ । ‘अन्य डकुमेन्टहरू राखेर अब पार्टी दर्ताको प्रक्रियामा जान्छौँ,’ एक नेताले भने, ‘अधिकारीले समावेशी लोकतान्त्रिक पार्टी बाबुराम पक्षलाई दिने हुनुभएको छ । उहाँसँग कुराकानी चलिरहेको छ । पार्टीको नाम फेरेर आँखा चुनाव चिन्ह राखेर नयाँ पार्टी दर्ता गराउने प्रक्रिया अगाडि बढाउँछौँ ।’
यता पार्टीका नेता प्रशान्त सिंहले भने पार्टी गठनबारे अहिले कुनै कुरा टुङ्गो नलागेको बताउँदै आफूहरू छलफलकै क्रममा रहेको बताए । ‘विभिन्न नाममा छलफल चलिरहेको छ, आयोगसँग पनि परामर्श लिने काम भइरहेको छ । केही दिनमै सबैको कुराको टुङ्गो लाग्छ होला,’ उनले भने, ‘नेपाल समाजवादी पार्टी नाममा लगभग सबैको सहमति छ । तर त्यसलाई अन्तिम रूपमा दिन बाँकी छ ।’
यता, डा.बाबुराम भट्टराईले कार्यकारी भूमिकामा नरहने भनिसकेपछि अध्यक्ष को रहने बारे पनि पार्टीमा छलफल चलिरहेको छ । बाबुरामले आफू कार्यकारी अध्यक्षमा नबस्ने संघीय परिषद् वा त्यस्तै कुनै पद सृजना गरेर अभिभावकको भूमिकामा रहने बताएपछि पार्टीमा अध्यक्षको खोजी सुरु भएको हो ।
अध्यक्षको टुङ्गो नलागेका कारण नयाँ पार्टीको लागि कार्यसमिति बनाउन ढिलो भइरहेको छ । बाबुराम पक्षका एक नेताले भने, ‘पार्टीमा अध्यक्ष को रहने र पदाधिकारी कतिजनाको बनाउने टुङ्गो लागेको छैन ।’
भट्टराईले नयाँ पार्टीमा तीनजना अध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । एकजना खस आर्य, अर्को जनजाति र तेस्रो मधेसीबाट अध्यक्ष राख्ने प्रस्ताव उनको रहेको छ । मधेसीबाट महेन्द्र राय यादव वा राजकिशोर यादवमध्ये एक जना राख्ने, जनजातिबाट हिसिला यमि वा गङ्गा श्रेष्ठमध्येबाट एक जना राख्ने विषयमा छलफल भइरहेको छ । खस आर्यको बारेमा अझै टुङ्गो नलागेको ती नेताले बताए । बाबुराम पक्षमा रहेका महेन्द्र राय यादव जिल्ला गएको कारण यसबारे थप छलफल हुन पाएको छैन । सबै नेताहरू काठमाडौँ फर्केपछि यस विषयमा छलफल हुने बताइएको छ ।
स्रोत : रातोपाटी


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया