

मौसमविद भन्छन्, मंगलबार देखि पानी पर्छ



काठमाडौँ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलिको देशभरको मौसम सामान्य रहने भएको छ।
हाल प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू(भागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेश भू(भागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू(भागका केही स्थान र अन्य केही ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पर्सि ९मंगलबार० रातिदेखि भने सुदूरपश्चिम प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान, प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका दक्षिणी भू(भागका एक(दुई स्थानमा भारी वर्षा हुनेछ।
आगामी २४ घण्टामा देशका पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया