

भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो, पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरै सङ्क्रमित


एजेन्सी
भारतमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २४ जनाले ज्यान गुमाएका छन् । भारतमा १ लाख १३ हजार ८ सय ६४ जना सक्रिय सङ्क्रमित छन् । केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २५ हजार २ सय २३ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।
भारतमा सन् २०२१ को जनवरीदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । अहिलेसम्म १ अर्ब ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया