

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमानलाई कारागार चलान


गुल्मी । गुल्मीमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा आइतबार एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ का ३५ वर्षीय विवश क्षेत्री (नाम परिवर्तन) २५ वर्षीया श्रीमती निर्मोही (नाम परिवर्तन) लाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा कारागार चलान भएका हुन्।
जिल्ला न्यायाधीशको अनुपस्थितिमा श्रेस्तेदार भीमप्रसाद भुसालले उनलाई पुर्पक्षका लागि कारागार थुना पठाउने आदेश गरेको जिल्ला अदालत गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार जेठ २५ गते राति श्रीमानले आफुलाई जबर्जस्ती करणी गरेको भन्दै निर्मोहीले जेठ २८ गते जाहेरी दिएकी थिइन् ।
त्यसलगत्तै पक्राउ परेका विवश आइतबारसम्म प्रहरी हिरासतमा थिए । आरोपित पुरुषका बाबुले भने बुहारीले अनाहकमा फसाएको जिकिर गरेका छन् ।


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया