

नेपाल–भारत सीमा क्षेत्रमा गोली चल्दा एक नेपालीको मृत्यु




बर्दिया । बर्दियास्थित नेपाल भारत सीमानाको जंगलमा गोली चलेको छ । गोली लागेर निउरो टिप्न गएका एकजनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ घर भएका ५४ वर्षका हेमराज गोडियाको उपचारको क्रममा मृत्यु भएको बर्दियाका एसपी बीरेन्द्रबहादुर शाहीले बताए ।
असार १६ मा बिहान ११ बजे गोडिया निउरो टिप्न भारतर्फका कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा निउरो टिप्न गएका हुन् । साँझ पौने ८ बजेतिर उनले आफुलाई गोली लागेको भन्दै लिन आउन परिवारलाई खबर गरेका थिए । पत्नी र छोराले ल्याएर गुलरिया अस्पतालमा भर्ना गरे । उपचारको क्रममा उनको मृत्यु भएको छ ।
दायाँ खुट्टाको घुँडाभन्दा माथि गोली लागेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी शाहीले बताए । एसपी शाहीले भने–‘भारतीय सुरक्षा अधिकारीहसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौं ।’ गोली चलाउनेको पहिचान खुलेको छैन ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया