
नेप्सेमा हरियाली, ४१ अंकले बढेको बजारमा १ अर्ब ४३ करोडको कारोबार

काठमाडौं
बुधबार सेयर बजार परिसूचक नेप्सेमा ४१ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ४१.३९ अंकले बढ्दै नेप्से सूचक १९६२.७१ अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.५५ अंकले बढेर ३७९.१५ अंकमा उक्लिएको छ । यस दिन सबै उपसूचकहरु धनात्मक भएर बजार नै हरियाली भएको छ । ४१ अंकमाथिले बढेको बजारमा आज १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ट्रेडिङ समूहको उपसूचक अधिकतम ६.५६ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ४.४३ प्रतिशतले, फाइनान्स समूह ४.१४ प्रतिशतले, हाइड्रोपावर समूह ३.९३ प्रतिशतले, अन्य समूह ३.५९ प्रतिशतले र होटल तथा पर्यटन समूह ३.४६ प्रतिशतले बढेको छ ।
यस्तै, माइक्रोफाइनान्स समूह र म्चुअल फन्ड समान २.७९ प्रतिशतले, म्यानु एण्ड प्रो २.७७ प्रतिशतले, निर्जीबन बीमा समूह २.५२ प्रतिशतले, इनभेष्टमेन्ट समूह २.४१ प्रतिशतले र जीन बीमा समूह १.३ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले १.९१ प्रतिशतले गुमाएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया