

बुटवल बहुमुखी क्याम्पसको होस्टेल डुवान



बुटवल
बुटवल बहुमुखी क्याम्पसको होस्टेल जीर्ण हुँदा विद्यार्थीहरुले सास्ती खोप्नु परेको छ । गयरातिको अबिरल वर्षासँगै आएको बाढी बुटवल बहुमुखी क्याम्पसको होस्टेलमा क्षति पुराएको छ । होस्टेलमा बाढी पसेसँगै होस्टेलमा बस्ने विद्यार्थीहरुको विचल्ली भएको छ ।
बाढी क्याम्पसमा रहेको जेन्स हेस्टेलका सबै कोठामा पसेको होस्टेलका वाडेन सुवास चौधरीले बताए । होस्टेलका सबै कोठामा बाढी पसेपछि त्यँहा बस्ने विद्यार्थीहरुका सबै किताब कापी, लत्ताकपडा, खाद्यान्य लगायतका साम्रगीमा क्षति पुगेको होस्टेलका वाडेन चौधरीले ग्लोबल आवाजलाई जानकारी दिए । ‘क्याम्पसमा जेन्स होस्टेल र लेडिज होस्टेलमा समान ८र८ वटा कोठा छन् । जेन्स होस्टेलका सबै कोठामा बाढी पसेको छ । लेडिज होस्टेलका कोठामा सामान्य रुपमा पानी चुइए पनि खासै क्षति भने भएको छैन् ।’–उनले भने ।
क्याम्पसको होस्टेल ४०र४५ वर्ष पुरानो भएकाले सामान्य पानी पर्दा पनि होस्टेल र क्वाटरमा पानी पस्ने गरेको क्याम्स प्रमुख खिमान्द न्यौपानले जानकारी दिए । वर्षातको समयमा आउने बाढी तरकाउने ठाउँ नहुँदा सामान्य वर्षा हुँदा पनि पानी होस्टेलमा पस्ने गरेको क्याम्पस प्रमुख न्यौपाने बताउँछन् ।
ज्योतिनगर पहिरोका कारण र होस्टेल जीर्ण रहेकाले त्यसलाई मर्मत भन्दा पनि अन्य स्थानमा होस्टल बनाउने तयारी भए पनि अहिलेसम्म कुनै पनि निकायबाट बजेट नपर्दा समस्या भएको क्यापम्प प्रमुख न्यौपानेले बताए । अत्याधुनिक र सुविधा सम्पन्न होस्टेल निर्माणका लागि करिब ६ करोड लागत लाग्ने अनुमान गरेर विभिन्न निकायमा प्रस्वाव पेश गर्दा समेत बजेट नपरेको उनी बताउँछन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया