

सर्वोच्चको आदेशका कारण सडक विस्तारको काम रोकियो : मन्त्री झाँक्री



काठमाडौं
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक बिस्तारका काम रोकिएको बताएकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले सडक बिस्तारको काम सर्वोच्च अदालतको आदेशका कारण रोकिएको बताएकी हुन् ।
उनले शहरभित्र र बाहिरको लागि छुट्टा–छुट्टै योजना बनाएर सडक बिस्तारको काम गर्नुपर्ने बताइन् । मन्त्री झाँक्रीले सबै मन्त्रालयसँग छलफल गरेर शहरभित्र र बाहिरको सडक बिस्तारको योजना मन्त्रालयले बनाएको बताइन् । उनले कुन ठाउँमा इकोनोमिक जोइनिङहरु बनाउने ? कहाँ फाइनान्सियल हब बनाउने भन्ने कुराको योजना बनाएर अघि बढ्नुपर्ने बताइन् ।
मन्त्री झाँक्रीले भनिन्, ‘खास गरेर अर्वान प्लानमा हामी के कुरा गरेनौँ भन्दा काठमाडौं नराम्रो भयो, बिग्रियो, यो भयो, त्यो भयो भन्दै गर्छौं, तर आज कसैको एक इन्च जग्गा दायाँबायाँ गरेर हामीले कानूनतः, संविधानतः सडकलाई बिस्तार गर्ने, वा सडकको सौन्दर्यकरण गर्ने र प्लानिङ गर्ने अवस्थामा छैनौँ । त्यसकारण जमिन व्यक्तिको निजी सम्पति हो । संविधानप्रद हक हो ।’
उनले थप भनिन्, ‘त्यसकारण व्यक्तिको अनुमति बिना सडक बिस्तारको कामहरु पटकपटकका सम्मानित अदालतका आदेशद्वारा अहिले रोकिएका छन् । त्यस कारणले गर्दा इन्ट्रिक्रेटेड, भ्यालीभित्रको र बाहिरको प्लानिङ गरेर सबै मन्त्रालयसँग समन्वय गरेर कहाँ बस्ती विकास गर्ने ? कहाँ इकोनोमिक जोइनिङहरु बनाउने ? कहाँ फाइनान्सियल हब बनाउने भन्ने कुरा इन्ट्रिक्रेटेड प्लान गर्नुपर्छ ।’
मन्त्री झाँक्रीले वागमती, विष्णुमती जस्ता काठमाडौंका नदीमा जलचरको जीवन नै नरहेको भन्दै यसलाई व्यवस्थित र सफा गर्नुपर्ने बताइन् । उनले जनता आवासमार्फत संघीय सरकारले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन् ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया