

पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घट्यो



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबनधनको बैठकले सरकारलाई इन्धनको मूल्य घटाउन निर्देशनपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मेलन गर्दै पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएको र उक्त कर घट्दा स्वत मूल्य घट्ने जानकारी दिए ।
मन्त्री बडुका अनुसार डिजेल २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती भएको छ । यो सँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ कायम भएको छ ।
यो निर्णय शनिाबार राति १२ बजेबाट लागु हुनेछ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया