

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज



काठमाण्डाै
आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।
भोलिसम्म चल्ने बैठकमा पालिका चुनावको समीक्षा, आउँदाे कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, चुनावमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । मन्त्री फेरबदलको विषयमा विवाद बढ्दै जाँदा पार्टीको केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गर्नुभएको भए पनि कार्यान्वयन भएको छैन। यहीबेला चार मन्त्रीसहित १० जना सांसदले मन्त्रीहरू फेर्ने पार्टी निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सरकारमा सामेल हुने बेला नै एकीकृत समाजवादीले ६ महिनापछि मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने सहमति गरेको थियो । तर, मन्त्री भएको आठ महिना बितिसक्दा पनि निर्णय कार्यान्वयन भएको छैन ।
हिजो बसेको पाेलिटब्युराे बैठकमा पार्टी अध्यक्ष नेपालले सरकारबाट फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा पार्टीभित्रको विवादसँगै पछिल्लो राजनीतिक अवस्थाको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया