

श्रीलङ्कासँगको अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी





काठमाण्डाै
घरेलु टोली श्रीलङ्कासँगको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ ।
कोलम्बोमा गएराति भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ४ विकेटले हराएको हो । तर, पाँच खेलको श्रृङ्खला यसअघि नै श्रीलङ्काले जितिसकेको छ । अन्तिम खेलमा श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्य अस्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
अस्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । यस्तै, मार्नुस लावुसेनले ३१ र क्यामरुन ग्रीनले अविजित २५ रन बनाए । श्रीलङ्काका दिनुथ वेलालेजले ३ तथा महिस थिक्सनाले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ६० रन बनाएको थियो ।
श्रीलङ्काका चामिका करुनारत्नेले ७५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल मेन्डीसले २६ रन जोडे । अस्ट्रेलिया पहिलो खेलमा दुई विकेटले विजयी भएको थियो । श्रीलङ्का दोस्रो खेलमा २६ रन, तेस्रो खेलमा ६ विकेट र चौथो खेलमा ४ रनले विजयी हुँदै श्रृङ्खला जितेको थियो ।
त्यसअघि भएको तीन खेलको टी–२० श्रृङ्खला अस्ट्रेलियाले जितेको थियो । यी दुई देशबीच दुई टेस्ट श्रृङ्खला पनि हुनेछ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया